डुंगा डुब्दा १२ जना माझीको मृत्यु भएको पुष्टि-Sutra News

डुंगा डुब्दा १२ जना माझीको मृत्यु भएको पुष्टि

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । अरब सागरमा डुंगा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ ।



गत मार्च ५ मा उक्त माछा मार्ने डुंगा समुद्रमा डुबेपछि उद्धारकर्मीले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानी जहाज र स्पिडबोटको सहायताले पानीभित्र बेपत्ता मछुवाको खोजी कार्य शुरू गरेका थिए ।

सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराईबाट निकालिएको छ, बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ ।”

पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पुराना सवारी साधन र चालकको लापरबाहीका कारण घातक यातायात दुर्घटना हुने गरेका छन् ।

पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुंगा पल्टिँदा डुंगामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट