राष्ट्रपतिसमक्ष तीन प्रदेशका प्रमुखले लिए शपथ-Sutra News

राष्ट्रपतिसमक्ष तीन प्रदेशका प्रमुखले लिए शपथ

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।



राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

यसअघि फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार आजै राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पद मुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट