काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला हजार रुपैयाँ घटेको मूल्य आज पुनः बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बुधबार एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । महासंघका अनुसार आज चाँँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ । बुधबार एक हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।