पाइलटले योजना बनाएर विमान दुर्घटना गराएको दाबी, २३९ यात्रु बेपत्ता-Sutra News

पाइलटले योजना बनाएर विमान दुर्घटना गराएको दाबी, २३९ यात्रु बेपत्ता

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । हराइरहेको मलेसियन एयरलाइन्सको विमान एमएच ३७० अझै रहस्यमै छ । यो मार्च सन् २०१४ मा क्वालालम्पुरबाट बेइजिङका लागि उडेको थियो ।



अब यसको रहस्य सुल्झिएको समाचारमा जनाइएको छ । विज्ञहरूका अनुसार विमानका क्याप्टेनले विमान दुर्घटनाको योजना बनाएका थिए ।

विज्ञ तथा बेलायती बोइङ ७७७ पाइलट साइमन हार्डीले भने, उडान एमएच ३७० समुन्द्रको गहिराइमा छ (समुद्रमा एउटा खाडल) । क्याप्टेन जाहरी अहमद शाहले यसलाई क्र्यास गर्ने योजना बनाएका थिए । उडानको प्रि-डिपार्चर कागजातबाट यो खुलासा भएको हो ।

उडान भर्नासाथ परिवर्तनहरू

बेलायती सञ्चार माध्यम ‘द इन्डिपेन्डेन्ट’को रिपोर्टका अनुसार विज्ञ हार्डीका अनुसार कार्गो म्यानिफेष्टमा (विमानमा सवार सबै यात्रुको विवरण रहेको विमानसँग सम्बन्धित कागजातहरू) मा तत्कालै अतिरिक्त इन्धन, अक्सिजनलगायतका परिवर्तन गरिएको थियो ।

उड्नुअघि यसमा क्याप्टेन जाहरीले विमान दुर्घटनाको योजना बनाएको संकेत गर्छ । अनौठो कुरा के छ भने टेक अफ गर्नुअघि मात्रै ककपिटमा अक्सिजनको स्तर परिवर्तन गरिएको थियो ।

प्रमाणले औँल्याउँछ योजना

हार्डीले विमानकाे फ्ल्यापहरू (पखेटामा पर्चाहरू) तल खसाएको बताएका छन् । पाइलटले तिनीहरूलाई विमान तल लैजाने काम गर्छन् । यसबाट यो दुर्घटना योजनाबद्ध रुपमा भएको बुझिएको छ ।

पाइलटले सतहमा इन्धन नछोड्न सक्दो प्रयास गरेका थिए । यही कारणले अहिलेसम्म विमान दुर्घटना स्थल पत्ता लाग्न सकेको छैन ।

चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टका अनुसार जहाजमा २३९ यात्रु सवार थिए । उडान भरेको ३८ मिनेटपछि राडारबाट गायब भएको थियो ।

विमानको खोजीमा २६ देशका १८ जहाज, १९ विमान र ६ हेलिकप्टर खटिएका थिए । महिनौँको खोजी अपरेसनपछि सन् २०१७ मा यो अपरेसन आधिकारिक रूपमा बन्द गरिएको थियो । तर, २०१९ मा अमेरिकी कम्पनी ओशन इन्फिनिटीले फेरि खोज अभियान सुरु गर्ने घोषणा गरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट