सन्दीप लामिछानेविरुद्ध सरकारी पक्ष पनि पुग्यो उच्च अदालतमा-Sutra News

सन्दीप लामिछानेविरुद्ध सरकारी पक्ष पनि पुग्यो उच्च अदालतमा

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडाैं । नेपाली राष्ट्रिय क्रीकेट टिमका पूर्व कप्तान एवं स्टार क्रीकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौको फैसला बदर हुनुपर्ने माग सहित सरकारी वकिल पक्ष पनि जिल्ला अदालतको फैसला पुनरावलोकनको लागि उच्च अदालत पाटन पुगेको छ ।



जिल्ला अदालत काठमाडौले गौशाला २६ बलात्कार अभियोगमा दोषी ठहर गरे पनि सरकारी पक्षले पीडित भनिएकी गौशाला २६ नाबालिक रहेको जिकिर गर्दै उच्च अदालतमा पुनरावेदन गरेको हो । जिल्ला अदालत काठमाडौले भने गौशाला २६ लाई नाबालिक नरहेको फैसला सुनाउँदै सन्दीपलाई ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

उक्त आदेश बदर हुनुपर्ने माग सहित सन्दीप लामिछानेले यसअघि नै उच्च अदालतमा पुनरावेदन दिइसकेका छन् ।

जिल्ला अदालत काठमाडौले गौशाला २६ लाई नाबालिक नरहेको ठहर गरेपछि त्यसलाई बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा सरकार पक्षबाट पुनरावेदन आएको र अब पेशी तोकेर सुनुवाइ अगाडि बढाइने उच्च अदालत पाटनले जानकारी दिएको छ ।

गौशाला २६ नाबालिक रहेको भन्दै सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्मको कारबाही हुनुपर्ने सरकार पक्षको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट