‘लन्डन टु पेरिस’को फस्टलुक पोस्टरसँगै रिलिज मिति घोषणा-Sutra News

‘लन्डन टु पेरिस’को फस्टलुक पोस्टरसँगै रिलिज मिति घोषणा

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । फिल्म ‘लन्डन टु पेरिस’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । ट्राभल लभस्टोरीको कथामा निर्माण भएको फिल्मको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो ।



निर्देशक घनश्याम लामिछाने निर्देशित यो फिल्म जेठ २५ गते रिलिज हुने भएको छ । लामिछाने विं.सं. २०७५ सालमा राष्ट्रिय अवार्ड प्राप्त निर्देशक हुन् । उनले यस अघि सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’, ‘धौली’ र ‘चित्रा’ फिल्मको पनि निर्देशन गरेका छन् । ‘लन्डन टु पेरिस’ रोम कम ड्रामाको यात्रामय आधुनिक प्रेमकथा रहेको बताएका छन् ।

यस फिल्ममा डेब्यू अभिनेता निश्चल खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका साथमा गरिमा शर्माको मुख्य भुमिका रहेको छ। सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् । निश्चल र गरिमा यही फिल्मबाट डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्ममा निश्चल, साम्राज्ञी, कविर र गरिमाका अलावा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ।

गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् ।

यस्तै, फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो । पहिलो सेड्यूलको छायांकन बेलायतमा गरिए लगत्तै प्राविधिक गर्दा कारणले सुटिङ हुन बाँकी रहेको थियो । पहिलो चरणको छायांकन सकेको फिल्मको एक वर्षपछि दोश्रो चरणको बाँकी रहेको २० प्रतिशत छायांकन मुम्बईमा गरिएको हो ।

यस फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले अल नेपाल वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट