साताको अन्तिम दिन शेयर बजारमा भारी गिरावट-Sutra News

साताको अन्तिम दिन शेयर बजारमा भारी गिरावट

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घट्दै बन्द भएको छ । बिहीबार २७.८४ अंकले घट्दै बजार २०८०.८७ को बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार समग्रमा १.३२ प्रतिशतले बजार घटेको छ ।



यस कारोबारमा आएका २४४ कम्पनीमध्ये १९८ कम्पनीको मूल्य घट्यो भने ४२ कम्पनीको मूल्यमा बृद्धि भयो । दोहोरो अंकले घटेको भएपनि बिहीबार विन नेपाल लघुवित्त र मानुषि लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको थियो । गुरास लघुवित्तको पनि ९.९२ प्रतिशतले मूल्य बढेको स्टक एक्सचेन्जले जनाएको छ ।

तीन लघुवित्तको मूल्य उच्च अंकले बढेपनि यस दिन सर्वाधिक लघुवित्त, जीवन बीमा समूहमा गिरावट आएको स्टक एक्सचेन्जले नजाएको छ ।

दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि यसअघिको तुलनामा घटेको छ । स्टक एक्सचेन्जका अनुसार एक करोड १४ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको भयो ।

यस दिन माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट, सोनापुर मिनरल्सलगायत कम्पनीको कारोबार सर्वाधिक भएको स्टक एक्सचेन्जले जनाएको छ । माथिल्लो तामाकोशीको मात्रै २७ लाख ६८ हजार शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट