सुत्केरीको अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार-Sutra News

सुत्केरीको अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।



हिमाली गाउँपालिका १ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।

जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्त भएपछि महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट