‘महाजात्रा’का यी संवाद, जसले दर्शकलाई हाँसोको मज्जा दिए-Sutra News

‘महाजात्रा’का यी संवाद, जसले दर्शकलाई हाँसोको मज्जा दिए

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । आगामी चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई लिएर दर्शकको चासो निकै देखिएको पाइन्छ ।



प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’बाट दर्शकको औधी माया पाएको सोही टिमले अब फेरी ‘महाजात्रा’ मार्फत थप मनोरञ्जन दिने प्रयास गरिरहेको छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भए अधिकांश फिल्मबाट दर्शकलाई सोसल-कमेडीको रमाइलो चटपटे दिँदै आएको निर्माण टिमले ‘महाजात्रा’बाट यस अघिका श्रृंखलाभन्दा बढी मनोरञ्जनसँगै हाँसोको लाभ दिने बुझ्न सकिन्छ ।

हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय रहेको फिल्मको सार्वजनिक भएका टिजर र ट्रेलर हेर्दा दर्शकले यस पटक थप फिल्म हेरुन्जेल रमाइलो तड्का पाउने बुझिन्छ ।

हाँसो र रोदनको मिश्रणलाई मौलिकतासहित प्रस्तुत गरिएकाले यो शृङ्खला ‘महाजात्रा’को टिजर र ट्रेलरमा समावेश केही यस्ता संवाद छन् जसले दर्शकलाई रमाइलो हाँसोको मज्जा दिएको पाइन्छ ।

फिल्ममा प्रयोग गरिएका सात संवादहरू दर्शकहरूले निकै रुचाएका छन् । यी संवादहरूले दर्शकलाई कही न कही फिल्मप्रति आकर्षित गर्ने देखिएको छ । अब, दर्शकले साथ दिएको खण्डमा यो फिल्मले बिष्फोटक व्यापार गर्ने अनुमान लगाउन सकिन्छ ।

करोडको नोट भए खल्तीमै जाने रहिछ ।

हाम्रो त ट्यालेण्ट देखेर जागिर दिएको रे नि बुढी…. यस्तो कुरामा ट्यालेण्ट देखाउन नहुने रहिछ है ।

१५–२० हजार त तलब देला नि यो मन्दीमा भन्ने सोच्या थिएँ, ४० हजार दिएर मर्‍यो ।

धनीलाई त अर्काको बुढीले पनि पत्याउँछ, हामी गरिबलाई त आफ्नो बुढीले पनि पत्याउँदैन ।

म अपराधबाट परपर… भाग्न खोज्छु, अपराध नै पछिपछि… लागेर च्याप्प समाउन खोज्छ म के गरूँ ?

ए मुन्ना, हैन अस्ति पैसा देख्या हैन, के फिँज काडिँरा ।

अब त, म त कसैले जागिर खान बोलायो भने पनि साहुको पहिले इन्टरभ्यू लिन्छु, कहाँबाट आयो पैसा, आयश्रोत के हो ? कालो पैसा हो कि ? सेतो पैसा हो ? सप्पै सोध्छु ।

बुबा एउटा रिक्वाइस्ट गरूँ, कि त ज्वाइँ नभनिस्यो, कि त तँ नभनिस्यो ।

यो फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको फिल्ममा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत छ ।फिल्मको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट