काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्च स्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भेट गरेका छन् ।
लगत्तै गृहमन्त्री लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले आजै बिहान गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानबाट उन्मुक्ति पाएकाबारे आयोगले अध्ययन गरेको हो ।