भुवन केसी भन्छन् – नेपाली कला क्षेत्रलाई अवहेलना गरियो-Sutra News

भुवन केसी भन्छन् – नेपाली कला क्षेत्रलाई अवहेलना गरियो

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताएका छन्।



बिहीबार नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा नेपाली फिल्म क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको जिकिर गरे। देशको गहना भन्ने गरिए पनि यथार्थमा फिल्म क्षेत्रलाई अघि लैजानका लागि सहयोग नभएको उनको भनाइ थियो।

‘हाम्रो देशमा नेपाली फिल्म क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ। भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ। यथार्थमा यो क्षेत्रलाई अघि लैजानका लागि त्यति सहयोग भएको देखिएन।’ उनले भने। निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको उनले सुनाए।

बिहीबारदेखि सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदैछन् । आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसन इम्पोसिबलसँगै सुरुवात भएको महोत्सवको पहिलो दिन अर्को नेपाली फिचर फिल्म डेसान पनि देखाइएको छ । चैत्र ५ गतेसम्मचल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिलमल, लबिममल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने फिल्म सम्बन्धी बहस भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृह र नेपालपर्यटन बोर्डको हलमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट