आज मिति २०८० साल चैत २ गते शुक्रबार तदनुसार मार्च महिनाको १५ तारिख २०२४ । फाल्गुण शुक्ल पक्ष षष्ठी तिथि । आज बिहान ६ बजेर १२ मिनेट जाँदा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर १२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ तपाइको आजको राशिफल ।
मेष
साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिने छ । मिहिनेतले लोकप्रियता हासिल गर्न सकिने छ । पेसामा पनि प्रशस्त फाइदा हुनेछ ।
वृष
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्ने छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नु होला ।
मिथुन
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्ने छ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला ।
कर्कट
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइने छ ।
सिंह
समयतालिका नमिल्दा केही काम रोकिन सक्छन् । साँझतिर भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइने छ ।
कन्या
अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनु होला । कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ ।
तुला
अवसरले उत्साह जगाउने देखिन्छ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु होला । अरूको मुख ताक्ने बानीले पछि परिने छ ।
वृश्चिक
मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहने छ । साँझतिर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउने छ ।
धनु
आकर्षक उपहारले उत्साह जगाउने छ । साँझतिर फजुल खर्च बढ्ने छ । अरूको भरपर्दा आफ्नो फाइदा गुम्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नु होला ।
मकर
मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्ने छन् । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला । साँझतिर सहयोगीहरूले राम्रो साथ दिने छन् । पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ ।
कुम्भ
साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउने छ । आँटेको काममा बाधा हुन सक्छ ।
मीन
आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । पहिलेका कामबाट लाभ हुनेछ । तर उठ्नु पर्ने रकम अरूले हत्याउन सक्छन् । पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ ।