सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरामाथि मुद्दा चलाउन सिफारिस-Sutra News

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरामाथि मुद्दा चलाउन सिफारिस

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले तस्करी प्रकरणमा महराकाे संलग्नता देखिएकाे भन्दै मुद्दा चलाउन सिफारिस गरेको हाे ।



महरालाई आयोगले प्रकरणमा बयानसमेत लिएको थियो । महराका कान्छा छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

महरा सुन तस्करीमा संलग्न रहेको बयान आए पनि उनीमाथि सीआईबीले अनुसन्धान नगरेको नेपाल प्रहरी, गृह मन्त्रालय र आयोगका अधिकारीहरूको भनाइ छ ।

आयोगले तयार गरेकाे प्रतिवेदन बिहीबार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन शुक्रबार बालुवाटार पुगेका गृहमन्त्री लामिछानेलाई आयोगले औंल्याएका विषयमा कारबाहीका सन्दर्भमा कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट