डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु-Sutra News

डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

काठमाडाैं । टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ ।



स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन ।

टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्केलेको तटमा रहेको गोक्सिडा वा इम्ब्रोस भनिने टापुमा डुङ्गा पल्टिएको हो ।

अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् ।

टर्कीले अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थीलाई आश्रय दिइरहेको छ ।

अङ्काराले सन् २०१६ मा युरोपेली संघसँग आर्थिक सहायतालगायत विभिन्न प्रोत्साहनको बदलामा शरणार्थीहरूको आगमन रोक्न सम्झौता गरेको थियो । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट