काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।