बाबुरामको पार्टीबाट फुटेर माओवादीसँग एकता हुँदै, नाम टुंगो लाग्न बाँकी-Sutra News

बाबुरामको पार्टीबाट फुटेर माओवादीसँग एकता हुँदै, नाम टुंगो लाग्न बाँकी

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भएको छ ।



जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिए नेसपामा पुगेका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।

बाबुराम भट्टराईलाई समेत माओवादीमा लैजाने प्रयास असफल भएपछि नेसपा फुटाएर यादवले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शनिबार बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

बैठकले एकीकृत भएपछि पार्टीको नाम आगामी महाधिवेशनबाट टुंगो लगाउने सहमति गरेको छ । कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट