काठमाडौं । सत्ता दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले पदलाई प्राथमिकता नदिँदा नेपाली कांग्रेसको गठबन्धन बन्न नसकेको बताए ।
शनिबार रौतहट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले परिवर्तनकारी शक्ति मिलेर अगाडि बढ्नु पर्ने पक्षमा रहेको उनको दाबी थियो ।
‘यो सरकारले राम्रो काम गरोस्, हामी यो सरकारमा सामेल हुने शिलशिला सबैलाई थाहा छ, झण्डै दुर्घटना भइसकेको थियो, हामीलाई बेलैमा सूचना नमिलेको हुनाले अर्को गठबन्धन बन्छ कि भन्ने आइसकेको छ,’ उनले भने, ‘तर हामीले पदलाई महत्व दिएनौँ, जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा होइन ।’
अहिले पनि कांग्रेसले संविधानको रक्षा गर्ने कुरालाई उचित ध्यान दिनु पर्ने बताए ।