खुट्टा बाँचिएको छोरीको उपचार गर्न नसकेपछि…-Sutra News

खुट्टा बाँचिएको छोरीको उपचार गर्न नसकेपछि…

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका ७ का बल्जित विकले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । दुई वर्षअघि उनकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो ।



परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर बढ्दै जाँदा हिँड्डुलमा समस्या हुँदै आएको बुबाले जानकारी दिए ।

तत्कालीन समयमा उपचारका लागि राम्रो अस्पताल लैजान आर्थिक अभावले नसकिएको भन्दै अहिले छोरी हिड्न र बोल्न नसक्ने भएको बुबाले दुखेसो पोखे ।

मयाको दायाँ खुट्टा भाँच्चिएको थियो । चिकित्सिकले अहिले पनि उपचार सम्भव भएको प्रतिक्रिया दिएकाले उपचारका लागि आर्थिक सहयोगका लागि आह्वान गरिएको बुबा बल्चितले बताए ।

स्थानीय डाडाफयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सन्तोष बोहराले सुविधा सम्पन्न हाड जोर्नीसम्बन्धी अस्पतालमा उपचार सम्भव भए पनि आर्थिक अभाव भएकाले बल्चितले छोरीको उपचारकान लागि सहयोग आह्वान गरे ।

स्वास्थ्यकर्मी बोहराले भने, “अहिले पनि मायाको उपचार गर्न सकिन्छ तर खर्च बढी लाग्न सक्छ, विकको खुट्टाको उपचार गर्नका लागि परिवारको आर्थिक अवस्था कमजोर छ ।”

विकका परिवारले अपांग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरिदिन आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट