श्रमिक अस्पताल बनाउन नेता पौडेलको जोड-Sutra News

श्रमिक अस्पताल बनाउन नेता पौडेलको जोड

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नु पर्ने बताएका छन् ।



नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ र इनोभा अस्पतालबीच आज यहाँ आयोजित ‘स्वास्थ्य उपचार शुल्कसम्बन्धी दुई पक्षीय सम्झौता’ कार्यक्रममा उनले श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताएका हुन् ।

“सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीलगायत लक्षित वर्गका लागि अस्पताल निर्माण भए पनि श्रमिकका लागि अस्पताल नहुँदा श्रमिक समस्यामा परेका छन्, सरकारले श्रमिक अस्पताल निर्माणमा विशेष प्रयास गर्नु पर्छ,” उनले थपे ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सम्झौतालाई संयुक्त संयन्त्र बनाएर कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । उनले श्रमिकको सहजताका लागि ट्रेड युनियन कांग्रेसले राष्ट्रिय कोष खडा गरी श्रमिकको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट