‘ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता छ’-Sutra News

‘ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता छ’

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका छन् ।



काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारणसभामा उनले विज्ञसँग छलफल गरेर उक्त ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “ढुवानी व्यवसाय क्षेत्रका विधेयक छलफलमा छन्, सबै नसमेटिन सक्छन्, त्यसैले छुट्टै ऐनको आवश्यकता छ जस्तो लाग्छ ।” उनले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट