रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प-Sutra News

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडाैं । काठमाडौंको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।



राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प गएकाे हाे ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प गएकाे थियो ।

नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ ।

नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट