सुष्माको हत्या गरी शव गाडेको महिना दिनपछि प्रेमी लामा सार्वजनिक-Sutra News

सुष्माको हत्या गरी शव गाडेको महिना दिनपछि प्रेमी लामा सार्वजनिक

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभिरको जंगलमा सुष्मा लामाको हत्या गरी शव गाडेको आरोपमा एक जना पक्राउ परेका छन् ।



उपत्यका अपराध अनुसन्धान कार्यालयले सुष्माको हत्यामा संलग्न भएको आरोपमा तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत माघ २२ गते कलेज हिँडेकी सुष्मा सम्पर्कविहीन भएकी थिइन् । उनी बुढानीलकण्ठ माविमा कक्षा १२ मा पढ्दै आएकी थिइन् ।

गत फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका ३ तारेभीरमै शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया लामाको शव भेटिएको थियो ।

प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशका अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार प्रेमको कारण हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट