किम जोङलाई पुटिनले दिए सबैभन्दा महँगो उपहार-Sutra News

किम जोङलाई पुटिनले दिए सबैभन्दा महँगो उपहार

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । रुसले उत्तर कोरियाका नेता किम जोङ उनलाई दिएको उपहार कारलाई दुई देशबीचको मित्रताको रुपमा हेरिएको छ ।



किम जोङले शुक्रबार लक्जरी कारमा यात्रा गर्न रमाइलो भएको प्रतिक्रया दिएका छन् । उनले भने, ‘यसले उत्तर कोरिया र रुसबीचको मित्रता गहिरो हुँदै गइरहेको प्रमाणित गर्छ ।’

रुसी स्थानीय मिडियाका अनुसार ओरस लिमोसिन रुसको पहिलो लक्जरी कार ब्राण्ड हो । यो कार देशका शीर्ष अधिकारीहरूले प्रयोग गर्दै आएका छन् । सन् २०१८ मा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक यो कम्पनीको कार चढेका थिए ।

संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन

पर्यवेक्षकहरूले रुसले किम जोङलाई दिएको उपहारलाई संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन भएको बताएका छन् । वास्तवमा संयुक्त राष्ट्र संघमा एक प्रस्ताव पारित भएको थियो ।

यस प्रस्तावमा रुसले उत्तर कोरियालाई कुनै पनि प्रकारका विलासी सामान पठाउन नसक्ने भनिएको थियो । यो प्रस्तावको उद्देश्य किम जोङले आफ्नो आणविक विस्तार योजना बन्द गर्नु पर्छ भन्ने थियो । यसका बाबजुद पछिल्लो वर्ष उत्तर कोरिया र रुस झन नजिक हुँदै आएको छ ।

उत्तर कोरियाले प्रविधिको बदलामा रुसलाई हतियार आपूर्ति गरिरहेकोमा अमेरिका र दक्षिण कोरियाले चिन्ता व्यक्त गरेका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा यी हतियारहरू प्रयोग गरिरहेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतमा रुसले आफ्नो जिम्मेवारी बुझ्नु पर्छ र अन्तर्राष्ट्रिय मान्यतालाई कमजोर बनाउने काम गर्न नहुने समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट