इलाम २ मा एमालेबाट सुवासका छोरा सुहाङसहित ६ जनाको नाम सिफारिस-Sutra News

इलाम २ मा एमालेबाट सुवासका छोरा सुहाङसहित ६ जनाको नाम सिफारिस

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । नेकपा एमालेबाट विजयी भएका सुवास नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेबाट ६ जनाको नाम सिफारिस भएको छ ।



केन्द्रीय कमिटीले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् ।

शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीबीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिएका थिएनन् । आइतबार पनि सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय कमिटीमा पठाएको पार्टी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट