मकर र मीन राशीको दिन शुभसँगै फलिफाप, तपाईंको दिन कस्तो ?-Sutra News

मकर र मीन राशीको दिन शुभसँगै फलिफाप, तपाईंको दिन कस्तो ?

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत ०५ गते सोमबार । सन् २०२४ मार्च १८ तारिख । आज नेपालमा सूर्योदय बिहान ६ः९ बजे भयो भने सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ ।



मेष

आज स्वास्थ्य केही कमजोर रहन सक्छ भने कार्यगतिमा सुस्तता आउने सम्भावना छ । नयाँ कामको थालनी आज नगर्नु हितकर होला । चाहनाविपरीत बाध्यताका काममा जुट्नुपर्ला । तथापि, शत्रुमाथि विजय प्राप्त हुने योग छ । मित्रभाव वृद्धि होला ।

बृष

कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने छ । मित्रजनको समर्थन पाइने छ । धनलाभ होला र, सामान्य खर्च पनि बढ्नेछ । रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयास जारी राख्नु बुद्धिमत्ता ठहरिनेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ भने परिवारमा पनि खुशीको माहोल छाउला । धन आर्जन हुने योग परेको छ । आर्थिक काम बन्नेछ । कर्मबल बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आजको दिन शुभदायी नै रहला । स्वास्थ्यमा सुधार आउनेछ भने अध्ययन–अध्यापनमा प्रगति हुनेछ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । उपलब्धिमुलक यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुने देखिन्छ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्ला ।

सिंह

आजको दिन सोचेअनुसार काम बन्न कठिन होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । स्वास्थ्यको लागि खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । खर्च पनि बढ्ने योग रहेकोले सतर्कता अपनाइ आर्थिक व्यवहार गर्नु हितकर हुनेछ । मित्रजनको साथ मिल्नेछ । कुनै नयाँ कार्यमा हात हाल्नुभएको छ भने कार्य अघि बढ्नेछ ।

कन्या

दौडधुप र कार्यजोखिम बढ्ने समय छ । तथापि, अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ । पढाइलेखाइमा भने समय दिन नसकिएला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । मान–महत्वमा कमी आउनेछैन । यात्रा सफल रहनेछ ।

तुला

भाग्योदयको समय रहेको छ । व्यापार तथा उद्योगमा फाइदा मिल्ने समय छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउँबाट लाभ होला । दाम्पत्यसुख र आरोग्यता वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक

कामहरु सजिलैसँग बन्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने योग छ, चनाखो भने रहनुपर्ने छ । पशुधन र जमिनबाट सामान्यमात्र लाभ होला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि होला ।

धनु

सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने समय छ । आजको दिन सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ, सचेत रहनुहोला । काममा अरुको कममात्र भर पर्नृुृ हितकर होला । हातहतियारबाट जोगिन विशेष सचेत रहनु हितकर हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

व्यस्तता बढ्ने छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । आज जागीरमा पनि समस्या देखापर्ने योग छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला । मान–सम्मान मिले पनि मनमा डर रहनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । कार्य–व्यवहारमा नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

आजको दिन मनोरञ्जनपूर्ण रहला । नवीन रोजगारीको सम्भावना छ । व्यापार र रोजगारीको क्षेत्रमा लाभ मिल्नेछ । आज यात्रागत कार्य भने स्थगन गरेकै राम्रो । नयाँ कुरा सिक्ने सोच पलाउला । पराक्रम र आरोग्यता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अरुले तपाइको तारिफ गर्न सक्छन् । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मान महत्व बढ्नेछ । सभा समारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ । सुख–सुविधाको वस्तु उपलप्ध होला । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट