काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
पूर्वसभामुखसमेत रहेका महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी जनाएको छ । उनलाई काठमाडौं ल्याइँदै छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्च स्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोहीअनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
यसअघि महरासँग आयोगले बयानसमेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि अझै थुनामा छन् ।