महरालाई सीआईबीको कार्यालय लगियो-Sutra News

महरालाई सीआईबीको कार्यालय लगियो

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा रुपन्देहीको भैरहवाबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को कार्यालयमा लगिएको छ ।



पूर्वसभामुखसमेत रहेका महरालाई सोमबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । यसअघि सुन तस्करी प्रकरणमा महरालाई सीआईबीले बयान लिएर कागज गरी छाडेको थियो ।

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएसँगै प्रहरीले पक्राउ गरी नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट