संसदमा गृहमन्त्री लामिछानेमाथि कांग्रेसको प्रश्न, सहकारी ठगीको काण्डमा के गर्नु हुन्छ ?-Sutra News

संसदमा गृहमन्त्री लामिछानेमाथि कांग्रेसको प्रश्न, सहकारी ठगीको काण्डमा के गर्नु हुन्छ ?

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ ।



सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न समय दिएका थिए ।

महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानूनी कारबाही हुनु पर्नेमा जोड दिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिएको भन्दै तत्काल पदमुक्त गर्नु पर्ने उनको माग थियो ।

लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म उनलाई मन्त्री बनाउन नहुने महामन्त्री थापाको भनाइ थियो । उनले सदन चलोस् भन्ने आफूहरूको चाहना भएको तर सहकारी ठगीमा गृहमन्त्रीको संलग्नबारे प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको जिकिीर गरे ।

महामन्त्री थापाले धारणा राखेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा ध्यानाकर्षण भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट