काठमाडौं । पार्टी परित्याग गरेको भोलिपल्टै सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका उनी सोमबार मन्त्री बन्ने भएका हुन् ।
स्रोतका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई आजै मन्त्री बनाउने तयारी गरेको छ । मनाङे स्वतन्त्र चुनाव जितेरपछि नेकपा एसमा प्रवेश गरेका थिए । राजनीतिक समीकरण फेरिएसँगै उनले पार्टी छोडेका हुन् ।
गण्डकीमा कांग्रेसले सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ । नयाँ गठबन्धनले आफ्नै नेतृत्वको सरकार बनाउने दाबी गरिरहेको छ ।