राष्ट्रिय सभाको दुई विषयगत समितिका सभापतिले लिए सपथ-Sutra News

राष्ट्रिय सभाको दुई विषयगत समितिका सभापतिले लिए सपथ

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत दुई वटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।



राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन् ।

दुई समितिको सभापतिमा एक मात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध भएका हुन् । त्यसअघि सोमबार बसेको दुई वटा समिति बैठकले उनीहरूलाई निर्विरोध भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट