दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री-Sutra News

दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादी छाडेर स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् ।



उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन् । उक्त मन्त्रालय यसअघि माओवादी केन्द्रकी रेशम जुग्जालीले सम्हाल्दै आएकी थिइन् ।

केन्द्रमा समीकरण फेरिएसँगै माओवादी मन्त्रीलाई बर्खास्त गरेपछि भौतिक र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै थियो ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेका मनाङे एकीकृत समाजवादी प्रवेश गरेका थिए । आइतबार पार्टी परित्याग गरेका उनले आज दिउँसो साढे ३ बजे सपथ लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट