सर्वोच्चबाट हतियारसहित दुर्गा प्रसाईंको गार्ड पक्राउ-Sutra News

सर्वोच्चबाट हतियारसहित दुर्गा प्रसाईंको गार्ड पक्राउ

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र दुर्गा प्रसाईंको बडीगार्ड हतियारसहित पक्राउ परेका छन् ।



पक्राउ पर्नेहरूमा दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।

प्रसाईं सोमबार मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । उनी गाडी र गार्डसहित सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट