भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर-Sutra News

भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।



आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार, तत्कालिन इञ्जिनियर सत्यपाल सौरभविरुद्ध ८६ हजार बिगो दाबी गरेको छ ।

यस्तै, आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिमविरुद्ध तीन लाख तीन हजार बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

इशनाथ ५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इस्टिमेटविपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट