काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीको विषयमा कांग्रेसले उठाउँदै आएको विषयलाई जवाफ दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदमा कांग्रेसले उठाउँदै आएको विषयमा जवाफ दिने क्रममा सुशासनको नियन्त्रण लिँदै ठूला भ्रष्टाचार, जग्गा हिनाहिना गरेको तथा सुन तस्करीमा अनुसन्धान गरी काम गर्दै आएको बताए ।
‘प्रतिपक्षी दलहरूले उठाउँदै आएको प्रश्नमा रवि लामिछाने सहकारी ठगीमा कुनै ठाउँमा जोडिएको देखिँदैन, सूर्य दर्शन सहकारीको रकम हिनाहिनामा १९ जनाविरुद्ध मुद्दा दायर भए पनि नाम उल्लेख देखिदैन,’ प्रधानमन्त्रीले भने ।
सुशासन कायम राख्ने कुरामा आफूले आफ्नो र अरूको पार्टी नभन्ने भन्दै प्रचण्डले रविबारे भने, ‘यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्न चाहन्छु, देशमा व्यप्त रहेको विकृतिको बारेमा संसदमा छलफल गरौँ ।’ उनले अनुसन्धानमा मुछिए रविले पदबाट राजीनामा दिने बताए
मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र सुरु भएको थियो ।