रवि लामिछानेले कांग्रेसलाई भने- दुधले नुहाएको पार्टी होइन ?-Sutra News

रवि लामिछानेले कांग्रेसलाई भने- दुधले नुहाएको पार्टी होइन ?

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।



मंगलबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको नसुहाउने दाबी गरेका हुन् ।

एउटा पुूरक वा ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने कांग्रेस दुधले नुहाएको पार्टी होइन ? भन्ने जनताले मूल्याङ्कन गरेको उनको भनाइ थियो । उनले कांग्रेसलाई चार वर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिँदै सो अवधिमा आफूहरूको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्य गर्न काम गर्ने बताए ।

उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको बताउँदै त्यसलाई सम्मान गर्ने भन्दै छानविन आयोगको विषय संसदको अधिकारको कुरा भएको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट