पहिलो दिनमै सर्वोत्तम सिमेण्टको सर्किट, नेप्से परिसूचकमा गिरावट-Sutra News

पहिलो दिनमै सर्वोत्तम सिमेण्टको सर्किट, नेप्से परिसूचकमा गिरावट

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक छ दशमलव २४ अंकले घटेर दुई हजार ६७ दशमलव २९ को अंकमा कायम भएको हो ।



आज ३०७ कम्पनीक ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०१ खरिद बिक्री भयो । जसबाट तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अंकले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नौ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम २ सात दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २५ करोड ९७ लाख २२ हजार ३६७ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट