काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु पर्ने कांग्रेसको माग अनावश्यक भएको बताएका छन् ।
संसद भवनमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले छानबिन समिति के लागि बन्ने ? भन्दै सम्भव नरहेको बताए । सरकारबाट बाहिर हुने बितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद अवरुद्ध गर्ने काम गरेको उनको भनाइ थियो ।
ओलीले कांग्रेसबाट परिवक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरे । त्यसअघि संसदमा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो ।