काठमाडाैं । सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै दलहरूले संकल्प सार्वजनिक गरेका हुन् ।
दलहरूले न्यूनतम साझा संकल्प निर्माण गर्न एमाले उपाध्यक्ष विष्णु पौडेलकाे नेतृत्वमा १० सदस्यीय कार्यदल निर्माण गरेका थिए ।
पाँच दलकाे न्यूनतम साझा कार्यक्रम स्वयम् संयाेजक रहेका पाैडेलले पढेर सुनाएका थिए ।
नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
दलहरूले विशेषगरी विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखेका छन् ।
जसमा आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गती मुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवं सूचना र सञ्चार नीतिगत व्यवस्था गर्नेलगायतका कार्यक्रम उल्लेख छ ।
यस्ताे छ न्यूनतम साझा संकल्प