काठमाडौं उपत्यकामा वर्षा जारी, यस्तो छ आगामी तीन दिनको मौसम-Sutra News

काठमाडौं उपत्यकामा वर्षा जारी, यस्तो छ आगामी तीन दिनको मौसम

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । बुधबार काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।



यी प्रदेशमा उच्च हिमाली भागमा हिमपातसमेत भइरहेको छ । यस्तै, पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रमा बादल लागिरहेको मौसमविदले जनाएको छ ।

देशमा भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको छ ।

अहिले मनसुन पूर्वको समयमा यसरी वर्षा हुनु सामान्य भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा र बादल लाग्ने क्रम झण्डै तीन दिनपछि हटेर जाने छ ।

मौसम विभाग, पूर्वानुमान शाखाले बिहीबार र शुक्रबार पनि कोशी, मधेश र बागमती प्रदेशमा पनि बदली र वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट