काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी दुई टी २० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले आयरल्याण्ड र भारतमा हुने टी २० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।
नेपालले आयरल्याण्ड ‘ए’सँग चैत ११ र १२ गते खेल्ने छ । भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्ने छ ।
नेपाली टोलीका लागि पौडेलसहित असिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द रहेका छन् ।