कांग्रेस सत्ता बाहिर पुग्दा कम्युनिष्ट नेता रुँदै हिँडेका छन्- केपी ओली-Sutra News

कांग्रेस सत्ता बाहिर पुग्दा कम्युनिष्ट नेता रुँदै हिँडेका छन्- केपी ओली

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०
फाइल तस्बिर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानो वामपन्थी नेता मोहनविक्रम सिंह कांग्रेस सत्ता बाहिर पुग्दा रुँदै हिँडेको आरोप लगाएका छन् ।



काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पुरानो कम्युनिष्ट नेताको परिचय बनाएका सिंहमाथि गम्भीर आरोप लगाएका हुन् ।

‘एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन्, तपाईंहरूले पनि चिन्नु हुन्छ होला, मोहन विक्रम सिंह नाम हो, उहाँको, अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रून्छन् बुढा,’ उनले भने, ‘कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभामा मनोनित गर्दिन्थ्यो होला भन्छन्, रून्छन् बुढा ।’

उनले जहाँ जे पाउँछ त्यही टिप्नु पर्छ भन्ने मान्यताका साथ बुढेसकालमा आफ्नो राजनीतिक अवस्था देखाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट