निरन्तर ओरालोमा शेयर बजार : सातामै ४७ अंकले गिरावट-Sutra News

निरन्तर ओरालोमा शेयर बजार : सातामै ४७ अंकले गिरावट

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । लगातार गिरावटका बीच बुधबार ३.३४ अंकले घट्दै बजार २०६३.९५ को बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ०.१६ प्रतिशतले बजार घटेको छ ।



झिनो अंकले घटेको भएपनि बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आयो । कारोबारमा आएका २४५ कम्पनीमध्ये १४७ कम्पनीको मूल्य घट्यो ।

यद्यपि ९४ कम्पनीको मूल्य भने बृद्धि भएको छ ।

एकल अंकले घटेको बजारमा कारोबार रकम झण्डै साढे तीन अर्बको भएको स्टक एक्सचेन्जले जनाएको छ । ९४ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब ४९ करोड रुपैयाँ बराबरको भयो ।

यस दिन सर्वाधिक सोनापुर मिनरल्स, शिवम् सिमेन्ट, गोरखा फाइनान्स, हिमालयन रि इन्स्योरेन्सको कारोबार सर्वाधिक भयो । सोनापुर मिनरल्सको मात्रै तीन लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १९ करोड ५२ लाख रुपैयाँको रह्यो ।

शेयर बजार करिब एक सातादेखि नै ओरालोमा छ । फागुन ३० मा २१११.२१ को बिन्दुबाट सुरु भएको कारोबार बुधबार बन्द हुँदा २०६३.९५ को बिन्दुमा झरेको छ । अघिल्लो बुधबारदेखि योबीचमा बजार ४७.२६ अंक बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट