काठमाडौं । पछिल्लो समय फिल्म हिट बनाउनकैलागि फिल्म मेकरहरुले करोडौँको खर्च गर्छन् । तर पनि, कति फिल्महरू बक्स अफिसमा नराम्रोसँग पछारिने गरेका छन् । कति फिल्ममा भारी रकम दिएर स्टार कलकार राखिन्छ तर पनि कति फिल्महरू फ्लप भएको पनि देखिन्छ । तर कहिले काँहि थोरै बजेटमा बनाएको सरल फिल्महरूले पनि फ्यानहरूको मन जितेर ठूलो नाफा कमाएका पनि छन् ।
आज हामी आयुष्मान खुरानाको त्यस्तो एक बलिउड फिल्मको चर्चा गर्दै छौँ । जुन निकै कम बजेटमा तयार भएको थियो तर त्यसले बक्स अफिसमा तहल्का नै मच्याएको थियो । उसो त आयुष्मान खुरानाको फिल्मलाई मानिसहरूले निकै मन पराउँछन् । उनका फिल्महरूमा अनौठो र उत्कृष्ट कथा देखिने गर्छ । विशेष गरी फ्यानहरूले आयुष्मान खुरानाको फिल्मको कथाको सधैँ प्रशंसा गर्छन् । र आज हामी सन् २०१८ मा रिलिज भएको आयुष्मानको फिल्मसँग सम्बन्धित जानकारी दिँदैछौँ ।
सन् २०१८ मा रिलिज भएको फिल्म ‘अन्धाधुन’मा आयुष्मान खुरानासँग राधिका आप्टे र तब्बु देखिएका थिए । फिल्मको बजेट १७ करोड मात्रै थियो । यो फिल्म एक दिन सफल हुन्छ भन्ने निर्माताले पनि कल्पना गरेका थिएनन् । तर, यस फिल्मको कथा, गीत र पात्रलाई दर्शकले निकै रुचाए ।
फिल्म ‘अन्धाधुन’ यति धेरै रुचाइएको थियो कि, फिल्मले केही समयमै विश्वभर ४ सय ४० करोड कमाएको थियो । अभिनेताको करियर र व्यवसायको परिप्रेक्ष्यमा पनि यो आँकडा अचम्मको थियो। यो फिल्मले भारतसँगै नेपालमा पनि धेरै माया पाएको थियो ।
‘अन्धाधुन’ले चीनबाट पनि धेरै कमाएको थियो । यो आँकडा यति धेरै थियो कि फिल्मको नाममा कीर्तिमान बन्यो । ‘दंगल’, ‘बजरंगी भाइजान’ र ‘पीके’ पछि चीनबाट सबैभन्दा धेरै कमाउने फिल्म ‘अन्धाधुन’ हो । ४ सय ४० करोड कमाएको उक्त फिल्मले आधाभन्दा बढी चीनबाट कमाएको थियो ।
आयुष्मान खुरानाको फिल्म ‘अन्धाधुन’ साउथको रिमेक थियो । यसअघि यो फिल्म तेलुगु र मलयालममा रिलिज भएको थियो । आयुष्मान खुरानाको यसबाहेक ‘विक्की डोनर’ जस्ता कम बजेटका हिट फिल्मको पनि हिस्सा बनेका छन् ।