माओवादीसँग पार्टी एकीकरण भएको गलत प्रचार भयो- डा. भट्टराई-Sutra News

माओवादीसँग पार्टी एकीकरण भएको गलत प्रचार भयो- डा. भट्टराई

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताए ।



बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केही मान्छे माओवादीमा गएको विषयलाई पूरै पार्टी माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको उनको दाबी थियो ।

राजनीतिक यात्रामा केही व्यक्ति अर्को पार्टीमा जानु स्वभाविक भए पनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केही व्यक्ति माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनको भनाइ थियो ।

भट्टराईले माओवादीसँग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसँग पूर्ण रुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दाबी गरे । अहिले आफूहरुसँग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए ।

त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नु पर्नेमा जोड दिए । उनले मुलुकलाई स्थिरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापितका लागि निरन्तर आवाज उठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट