उपनिर्वाचनमा उम्मेदवार चयन गर्न गठबन्धनसँग छलफल गर्ने नेकपा एसको निर्णय-Sutra News

उपनिर्वाचनमा उम्मेदवार चयन गर्न गठबन्धनसँग छलफल गर्ने नेकपा एसको निर्णय

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेद्वारको तय गर्न गठबन्धन दलसँग छलफल गर्ने निर्णय गरेको छ ।



पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धन दलसँग छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले इलाम २ मा प्रतिनिधिसभा सदस्य चयन र बझाङ १ मा प्रदेशसभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रीय कमिटीसँग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनको भनाइ थियो ।

यसैबीच, पार्टीका सम्मानीत नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताए । उनले यसअघिको चुनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट बामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्थामा उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने उनको भनाइ थियो ।

इलाम २ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट