काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गम्भीर आरोप लगाएका छन् । उनीमाथि केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न गृह मन्त्रालय रोजेको आरोप लगाएका हुन् ।
बुधबार बसेको संसद बैठकमा सञ्चारकर्मीसँग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृह मन्त्रालय गएको बताएका हुन् ।
गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै सम्भव नहुने उनको दाबी थियो । त्यस्तै, उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमण कालीन न्यायसँग सम्बन्धित विषय १७ वर्षदेखि अड्किएको बताएका थिए ।