काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सभामुखलाई पत्र लेखेको जनाएको छ ।
सीआईबीले सभाामुख देवराज घिमिरेलाई पत्र पठाएर बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिएको हो ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका ३ स्थितको १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण गरी सरकारी जग्गा कीर्ते गरेको आरोप चौधरीमाथि रहेको छ ।
यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।
सञ्चालक अरूण सांसद विनाध चौधरीका भाइ हुन् । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा गरिएको थियो ।