काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ । योसँगै नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार एकै दिन सुनको मूल्य तोलामा दुई हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
योसँगै बिहीबार तोलाको एक लाख २७ हजार ८ सय रुपैयाँ कारोबार भएको छ । यसअघि बुधबार एक लाख २५ हजार २०० रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिन तोलाको एक हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार एक हजार ५५५ कायम भएको छ ।