सीआईबीलाई बयान दिएपछि विनोद चौधरीले भने- विश्वभर गलत सन्देश जाने भयो (भिडिओसहित)-Sutra News

सीआईबीलाई बयान दिएपछि विनोद चौधरीले भने- विश्वभर गलत सन्देश जाने भयो (भिडिओसहित)

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरी आफ्नो बनाएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीसँग बयान लिइएको छ ।



नेपालका एकमात्रै डलर अर्बपति चौधरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारसँग आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाए ।

बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकीर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

सांसद चौधरीले आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताए । ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरिका र विश्वभरिका युवाहरुले, नेपालका रोजगारदाताले, करदाताले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नु पर्ने हो, मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन,’ उनले भने ।

सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको औपचारिक जानकारी सभामुख देवराज घिमिरेलाई गराएको थियो । बिहीबार बिहान उनी सीआईबीको सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट