किन नेपाल आउँदैछिन् अभिनेत्री ज्याकलिन फर्नान्डेज-Sutra News

किन नेपाल आउँदैछिन् अभिनेत्री ज्याकलिन फर्नान्डेज

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन्।



आरबी डायमण्ड ज्वेलर्सको २७औँ वार्षिकोत्सवमा रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न अभिनेत्री ज्याकलिन नेपाल आउन लागेकी हुन्।

हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबीले ३० मार्चमा आफ्नो २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ, आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछन्।

सोही कार्यक्रमको शो ओपनरको रूपमा भने किम गुडबर्न आउने भएका छन्। हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन्।

कार्यक्रमका लागी आफू हर्षित रहेको ज्याकलिनले बताएकी छन्। उनले एक भिडियो सन्देशमार्फत आफू कार्यक्रमको लागी आतुर रहेको बताएकी हुन्। किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागी आफू तयार भएको खबर पठाएका थिए जुन कार्यक्रमको बिचमा देखाइएको थियो।

ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले हिजो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। आरबीको जरा समेट्ने यो लोगो पहिलाको भन्दा केही फरक र युनिक छ। आरबीको पहिलाको लोगो गोलाकार आकारको थियो। हिरामा गोलाकार आकारको जराजस्तै देखिने रेखाहरू आरबीका दिवंगत संस्थापक रमेश महर्जनको पृष्ठभूमिको एक प्रतीक हो जसले एक सामान्य किसानबाट हीराको दुनियाँ र उत्कृष्टतामा उनले गरेको मेहेनतलाई झल्काउँथ्यो। अहिलेको लोगोले भने आरबी डायमण्डको मेहेनत र लगनशीलता, सुन्दरता र गहिरो जरा रहेको सम्पदाप्रतिको प्रतिबद्धता झल्काउँछ। परम्परा र आधुनिकताको मिश्रणसहितको लोगोको जटिल डिजाइनले ब्रान्डको समृद्ध इतिहास र भविष्यको लागि यसको दर्शनलाई समेट्छ।

नयाँ लोगोसँगै आरबीले हिजै आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको पनि घोषणा गरेको छ। नयाँ ब्रान्ड एम्बेसडरमा आरबीले चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका प्रमुख व्यक्तित्व रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो।

हिजो आयोजित कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएकोमा आरबी डायमण्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जन खुसी छन्। उनी भन्छन्, ‘हामी हाम्रो नयाँ लोगो सार्वजनिक गर्न पाउँदा श्री रेहान श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गर्न पाउँदा र हाम्रो २७ औँ वार्षिकोत्सवलाई यस्तो रोमाञ्चक कार्यक्रमका साथ मनाउन पाउँदा हर्षित छौँ।’

आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा–प्रेरित डिजाइनका लागि प्रख्यात आरबी डायमण्ड ज्वेलर्स सन १९९७ बाट सञ्चालनमा आएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट